आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

बेलायतमा को’रोना स’ङ्क्र’मण घटेन, एकैदिन ३० हजारभन्दा स’ङक्रमित


नेपाल आवाज १७ आश्विन २०७८, आईतवार १३:१७ मा प्रकाशित १४५ पाठक संख्या

एजेनसी । बेलायतमा पछिल्लो समयमा को’रोना भा’इरसका स’ङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ स’ङ्क्र’मणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा को’रोना भा’इरसको स’ङ्क्र’मण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना स’ङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै स’ङ्क्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस स’ङ्क्रमित भएका छन् । लन्डनमा को’भिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्

त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो स’ङ्क्र’मणबाट मृ’त्यु भएको पनि बताइएको छ । थपिएको यो मृ’त्युसँगै यहाँ यो स’ङ्क्र’मणबाट ज्या’न जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ ।अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता स’ङ्क्रमितहरु थपिने र मृ’त्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी स’ङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।