आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

को’रोनाको खोप उपलब्धताका लागि आग्रह


नेपाल आवाज १७ आश्विन २०७८, आईतवार १३:२१ मा प्रकाशित ९७ पाठक संख्या

एजेन्सी । विश्वका ७५ देशले को’रोना भा’इरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले को’रोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै म’हा’मारीको चपेटामा परेकाले विश्वका सबै देशहरुलाई नै म’हा’मारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् । महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले को’रोना भा’इरस म’हा’मारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरुले सो आवाज उठाएका हुन् ।

उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन को’रोना भा’इरस विरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरु मध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो । राष्ट्रसंघमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए ।

सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरुले को’रोना भा’इरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा ल’ड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए ।