आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा स’ङ्क्र’मणदर घटदै


नेपाल आवाज १७ आश्विन २०७८, आईतवार १८:१५ मा प्रकाशित ३७३ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६७९ जनामा को’रोना भा’इरसको स’ङ्क्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्र’मण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमित १६ हजार ८०४ जना पुगेको छ । सो अवधिमा एक हजार ४०५ जना स’ङ्क्र’मणमुक्त भएका छन् । यससँगै नेपालमा स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार २२४ छ । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६।५ प्रतिशत छ ।

यस्तै स’ङ्क्र’मणबाट पछिल्लो २४ घण्टामा सात जनाको म’त्यु भएको छ । हालसम्म स’ङ्क्र’मणबाट ११ हजार १६४ जनाको मृ’त्यु भइसकेको छ । हाल देशभर ३३७ सघन उपचारकक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २५२ जना क्वारेन्टिनमा रहेका छन् ।

आज २६ हजार ४१९ जनाले को’भिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा को’रोना देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।