आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

सवारी ज्या’न मुद्दाका प्र’तिवादी २१ वर्षपछि प’क्राउ


नेपाल आवाज १८ आश्विन २०७८, सोमबार ०८:५३ मा प्रकाशित १७५ पाठक संख्या

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्या’न मुद्दामा फरार एक प्र’तिबादीलाई २१ वर्ष पछि प’क्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार प’क्राउ गरेको हो ।

जिल्ला अदालतको विसं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना पाँच दिन कैदको फैसला सुनाएपछि शाह फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका शाहलाई प’क्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

त्यसैगरी वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका दुई जनालाई समेत तोकिएको जरिवाना रु दश हजार भुक्तानको लागि अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो । तनहुँ प्रहरीले विभिन्न अ’पराध एवं मुद्दामा सं’लग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।