आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

को’रोना स’ङ्क्रमित हुनेभन्दा स’ङ्क्र’मणमुक्त हुने दोब्बर


नेपाल आवाज १८ आश्विन २०७८, सोमबार ०८:५९ मा प्रकाशित १८१ पाठक संख्या

सुदूरपश्चिम प्रदेशमा आइतबार को’रोना स’ङ्क्र’मण हुनेभन्दा स’ङ्क्र’मणमुक्त हुने दोब्बर रहेका छन् । गएको २४ घण्टामा प्रदेशभर १५ जनामा स’ङ्क्र’मण पुष्टि हुँदा २९ जना स’ङ्क्र’मणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ५७० जनाको नमूना परीक्षण गर्दा १५ जनामा स’ङ्क्र’मण पुष्टि भएको हो । पाँच जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा स’ङ्क्र’मण देखिएको हो ।

पीसीआर विधिमार्फत महाकाली अस्पतालमा तीन र डडेल्धुरा अस्पतालमा दुई जनामा स’ङ्क्र’मण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा छ, कैलाली र बैतडीका दुई÷दुई जनामा स’ङ्क्र’मण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा यस प्रदेशमा स’ङ्क्र’मणका कारण एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा डडेल्धुराका ७० वर्षीय पुरुष रहेका छन् ।