आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा को’भिडका थप २२ हजार ५०० भन्दा बढी स’ङ्क्रमित


नेपाल आवाज १८ आश्विन २०७८, सोमबार १३:५२ मा प्रकाशित १५१ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट थप २० हजार ७९९ जना स’ङ्क्रमित भएका छन् । भारतमा को’रोना स’ङ्क्र’मणको कारण आइतबार थप १८० जनाको मृ’त्यु भएको छ । यसैसँगै को’रोना स’ङ्क्र’मणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृ’त्यु भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना स’ङ्क्रमित भएका हुन् । अघिल्लो दिन आइतबार बिहान सार्वजनिक जानकारीअनुसार शनिबार एक दिनमा २२ हजार ८४२ जना नयाँ स’ङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार स’ङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक स’ङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । स’ङ्क्रमित र मृ’त्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा म’हा’मारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ ।

भारतमा अहिले पनि स’ङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ६४ हजार ४५८ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय स’ङ्क्रमितको यो संख्या २०० दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक स’ङ्क्रमित र सक्रिय स’ङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक स’ङ्क्रमितको सङ्ख्याभन्दा दैनिक स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय स’ङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । आइतबार दिनभर २० हजार ७९९ स’ङ्क्रमित हुँदा २६ हजार ७१८ जना स’ङ्क्र’मणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल स’ङ्क्र’मणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख २१ हजार २४७ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार को’रोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ४२ लाख जना को’रोना परीक्षण गरिएको छ ।

भारतमा गत जनवरी १६ तारिखबाट को’रोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ७९ लाख ३२ हजार भन्दा बढी डोज खोप लगाइएको छ ।