आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

पूर्व फिफा रेफ्री लव खत्रीको निधन


नेपाल आवाज १८ आश्विन २०७८, सोमबार १६:२८ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं – पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । बिहान बथरुममा लडेर टाउँकोमा चोट लागेपछि नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा पुराउनसाथ उनलाई मृत घोषित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

घरेलु फुटबलका चर्चित रेफ्रीमध्येका एक ५० वर्षीय खत्री बिहान मर्निङ वाकबाट फर्केपछि बाथरुम छिरेको र त्यहि लडेर अचेत भएपछि अस्पताल लगिएको थियो । पछिल्लो समय खत्री रेफ्री इन्स्ट्रकरका रुमा सक्रिय थिए ।

उमेर हदका कारण सन् २०१८ मा उनले फिफा रेफ्री छाडेका थिए । उनले ए डिभिजन टोली थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए । अन्तिम श्रद्धान्जलीका लागि खत्रीको शव सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखी श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

रेफ्री एसोसियसन अफ नेपालका महासचिवसमेत रहेका खत्रीका श्रीमती र १ छोरा छन् । रेफ्रीबाट संन्यास लिएपछि उनी रेफ्री प्रशिक्षकका रुपमा काम गर्दै आएका थिए ।