आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

को’रोना स’ङ्क्र’मण दर १८ प्रतिशत   


नेपाल आवाज १८ आश्विन २०७८, सोमबार १८:२९ मा प्रकाशित २९५ पाठक संख्या

पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा को’रोना भा’इरसको स’ङ्क्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज को’रोना परीक्षण गरिएको थियो । देशभर सक्रिय स’ङ्क्रमित १६ हजार ६०६ छन् । नेपालमा स’ङ्क्र’मण दर १८.८ प्रतिशत छ ।

पाँचसय भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला १९ छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी स’ङ्क्रमित भएको जिल्ला हुन् ।

आज एक हजारले स’ङ्क्र’मण जितेका छन् । यससँगै नेपालमा हालसम्म स’ङ्क्र’मण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।

स’ङ्क्र’मणबाट पछिल्लो २४ घण्टामा १० जनाको नि’ध’न भएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार १७४ जनाको नि’ध’न भइसकेको छ । हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेशन, एक हजार १५२ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् । को’भिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन् । अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।