आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

मंगलबार सामान्य बदली रही, यी स्थानमा वर्षा हुने


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार ०८:२५ मा प्रकाशित ३३७ पाठक संख्या

काठमाडौ । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षा सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव हाल नेपालमा परेको छ।

मंगलबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ ।