आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

बबई नदिमा डु’बेर एकको मृ’त्यु, एक बे’पत्ता


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार ०९:४० मा प्रकाशित १७५ पाठक संख्या

बर्दिया । बर्दियाको बबई नदीमा डु’बेर सोमबार एक जनाको मृ’त्यु भएको छ । अर्का एक व्यक्ति बे’पत्ता भएका छन् ।

बाग्लुङ घर भएका हुकुम विकको डु’बेर मृ’त्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डु’बेर बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

बे’पत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।