आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

विमानस्थलमा श्री एयरको जहाज चि’प्लियो


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार ११:३७ मा प्रकाशित १९३ पाठक संख्या

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दु’र्घ’टनाहुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चि’प्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ ।“जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चि’प्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ ”, उहाँले भन्नुभयो ।

जहाज उडानका लागि कुनै समस्या नरहएको पनि प्रवक्ता शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ । उडान अवतरणमा कुनै समस्या हुदैन ।”

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चि’प्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।