आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

भारतमा को’भिडका थप १८ हजार ३४६ जना स’ङ्क्रमित


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार १४:५० मा प्रकाशित १३३ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट थप १८ हजार ३४६ जना स’ङ्क्रमित भएका छन् । स’ङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि स’ङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय स’ङ्क्रमितको यो संख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक स’ङ्क्रमित र सक्रिय स’ङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक स’ङ्क्रमितको सङ्ख्याभन्दा दैनिक स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय स’ङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । सोमबार दिनभरमा १८ हजार ३४६ स’ङ्क्रमित हुँदा २९ हजार ६३९ जना स’ङ्क्र’मणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल स’ङ्क्र’मणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार को’रोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना को’रोना परीक्षण गरिएको छ ।

भारतमा गत जनवरी १६ तारिखबाट को’रोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ ।