आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

‘नो मास्क, नो स’र्भिस’


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार १४:५४ मा प्रकाशित १४५ पाठक संख्या

राजविराज । को’रोना स’ङ्क्र’मणको जो’खिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अ’भियान सुरु गरिएको हो । कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले को’रोनाबाट जो’गाउन नागरिकहरुलाई मास्क वि’तरण गर्न लागिएको जानकारी दिइएको थियो ।

प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले को’रोना म’हा’मारीबाट जो’गिन अ’निवार्य मास्क प्र’योग गर्न आग्रह गर्नुभयो । उहाँले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क उ’पलब्ध गराउने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दसँै, तिहार तथा छठ पर्वमा भी’डभाड कमी गर्न र टो’लटोलमा मास्कको प्र’योगबारे अ’भियान जा’री राख्न आग्रह गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु यादव, प्रदेश नं २ निर्देशनालय स्वास्थ्य निर्देशक विजयकुमार झा, नागरिक समाज थान सिंह भन्साली, प्रमुख साधना झा, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र भगत र सुरक्षा निकाय सप्तरी युथ नेपाल सबल नेपाल युनिसेफलगायत विभिन्न सङ्घ संस्थाका प्र’तिनिधिहरुको उपस्थित रहेको थियो । यसैगरी तपाईंको मास्क खै रु भन्दै उहाँहरुले निःशुल्क मास्क वि’तरणसमेत गर्नुभएको थियो ।