आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा आज थपिए ९६८ स’ङ्क्रमित


नेपाल आवाज १९ आश्विन २०७८, मंगलवार १८:३२ मा प्रकाशित १३९ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९६८ जनामा स’ङ्क्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ४२ मा को’रोना परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्र’मण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमित १६ हजार २४८ पुगेको छ ।

पाँच सयभन्दा बढी स’ङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला १९ छन् । पाँच सयभन्दा बढी स’ङ्क्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।

नेपालमा सङ्क्रमणदर १८.८ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ११४ जनाले स’ङ्क्र’मणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार ३३८ छ । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.६ प्रतिशत छ ।

सो अवधिमा छ जनाको म’त्यु भएको छ । हालसम्म स’ङ्क्र’मणबाट ११ हजार १८० जनाको मृ’त्यु भइसकेको छ । हाल देशभर ३३५ जना सघन उपचारकक्ष (आइसीयू), १२२ जना भेन्टिलेटर, १५ हजार ११७ जना होम आइसोलेशन, एक हजार १३१ जना संस्थागत आइसोलेशन र २३७ जना क्वारेन्टिनमा छन् ।

आज एक लाख ३२ हजार ८९६ जनाले को’भिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७९ लाख १३ हजार ५५५ जनाले पहिलो मात्रा र ६४ लाख नौ हजार १९६ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।