आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा सक्रिय स’ङ्क्रमितहरुको सङ्ख्या झण्डै सात महिना पछिकै सवैभन्दा थोरै


नेपाल आवाज २० आश्विन २०७८, बुधबार १४:३७ मा प्रकाशित १३९ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट स’ङ्क्रमित भई अहिले पनि स’ङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय स’ङ्क्रमितहरु रहेका छन् ।

सङ्ख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना को’रोनाभा’इरसबाट स’ङ्क्र’मणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ स’ङ्क्रमितहरु थपिएका छन् ।

नयाँ स’ङ्क्रमितहरुको सङ्ख्याभन्दा स’ङ्क्र’मणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय स’ङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म स’ङ्क्र’मणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको को’रोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा स’ङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय स’ङ्क्रमित रहेका छन् ।

त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय स’ङ्क्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय स’ङ्क्रमितहरुको सङ्ख्या लामो समयसम्म सवैभन्दा धेरै रहेको थियो ।