आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

रुसमा को’रोनाबाट एकैदिनमा ९०० भन्दा बढीको मृ’त्यु


नेपाल आवाज २० आश्विन २०७८, बुधबार १६:१२ मा प्रकाशित ९७ पाठक संख्या

एजेन्सी । रुसमा बुधबार एकैदिनमा को’रोना भा’इरसको स’ङ्क्र’मणबाट अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृ’त्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृ’त्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृ’त’कको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ ।

को’रोनाभा’इरसको डेल्टा भेरियन्ट फैलिएकाले र को’रोनाभा’इरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृ’त’कहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै को’रोनाभा’इरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृ’त्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए ।

रुसमा पछिल्लो समय को’रोनाभा’इरसको म’हा’मारी थप फैलिदै गएको छ ।