आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठ’गी गर्ने प’क्राउ   


नेपाल आवाज २० आश्विन २०७८, बुधबार १९:०२ मा प्रकाशित १५१ पाठक संख्या

नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठ’गी गर्ने एक जनालाई प’क्राउ गरेको छ । महानगरीय अ’पराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठ’गी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट प’क्राउ गरी आज सार्वजनिक गरेको हो ।

प’क्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उक्त रकम ठ’गी गरेका थिए । निरौलाले सञ्चालन गरेको एजुकेशन प्राली हाल बन्द रहेको पाइएको छ । प’क्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा का’रबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।