आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

बिहिबार यी प्रदेशमा वर्षा भइरहेको छ !


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार ०८:०६ मा प्रकाशित १८७ पाठक संख्या

काठमाडौ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

 

साँझ देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ।