आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

सवारी दु’र्घ’टनामा दुईको मृ’त्यु


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार ०९:१९ मा प्रकाशित १४५ पाठक संख्या

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दु’र्घ’टनामा परेर गए राति दुई जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठ’क्कर दिँदा दुवै जना ग’म्भीर घा’इते भएका थिए । घा’इते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

श’व परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।