आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

बेलायतमा को’रोना स’ङ्क्र’मण घटेन, एकै दिन करिब ४० हजार स’ङ्क्रमित


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार १२:३२ मा प्रकाशित १०३ पाठक संख्या

एजेन्सी । बेलायतमा को’रोना भा’इरसको स’ङ्क्र’मण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ स’ङ्क्र’मण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ को’रोनाबाट हुने स’ङ्क्र’मणमा दैनिक कमी नआएको बताएका छन् ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा स’ङ्क्र’मण भएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म स’ङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन् ।
यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा को’रोना भा’इरसका कारण १४३ जनाको मृ’त्यु भएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृ’त्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म को’रोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृ’त्यु भएको छ ।
बेलायतमा को’रोनाभा’इरसबाट स’ङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले को’रोना भा’इरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा को’रोना भा’इरसको स’ङ्क्र’मण बढ्दै गएको देखिएको बताउनुभएको छ । उहाँले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो म’हा’मारीको प्र’कोप फैलिइरहेको देखिएकोले सबैलाई सतर्क रहन आग्रह पनि गर्नुभएको छ ।