आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

वायुसेवा निगमका पूर्वअध्यक्ष मृ’त भेटिए


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार १३:४४ मा प्रकाशित १८७ पाठक संख्या

काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृ’त भेटिनुभएको छ । काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उहाँको श’व फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हा’मफालेर आ’त्म’ह’त्या गरेको प्रा’रम्भिक अनुमान छ । घ’ट’नाको थप अनुसन्धान जारीे छ । उहाँको श’व बिहान ७ः०० बजे फेला परेको र अहिले श’व परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रउ बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरको चौथो तलामा उहाँको मोबाइल फेला परेको छ । चतुर्वेदी बिहान मर्निङवाक गएको बेला उक्त घ’ट’ना भएको जनाइएको छ । चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।