आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा आज थप ८०५ स’ङ्क्रमित


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार १८:४३ मा प्रकाशित ११५ पाठक संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जनामा को’रोना भा’इरसको स’ङ्क्र’मण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा को’रोना परीक्षण गर्दा ८०५ जनामा स’ङ्क्र’मण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमित १५ हजार ९४२ जना रहेका छन् । पाँच सयभन्दा बढी स’ङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी स’ङ्क्र’मण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । स’ङ्क्र’मण दर १८.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना स’ङ्क्र’मणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ७३ हजार १४० रहेको छ । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ ।

यस्तै स’ङ्क्र’मणबाट पछिल्लो २४ घण्टामा आठ जनाको नि’ध’न भएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार २०० जनाको नि’ध’न भइसकेको छ । हाल देशभर ३२९ जना सघन उपचार कक्ष (आइसियु), ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।

आज ५७ हजार १५८ जनाले को’रोना भा’इरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८० लाख आठ हजार ८५४ पहिलो मात्रा र ६४ लाख ३० हजार ४३१ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।