आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा नयाँ स’ङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै


नेपाल आवाज २१ आश्विन २०७८, बिहीबार १८:५९ मा प्रकाशित १२७ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट नयाँ स’ङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ ।

पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ स’ङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको समाचारमा जनाइएको छ ।

मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो २४ घण्टामा भने भारतमा २२ हजार ४३१ जना नयाँ स’ङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतमा पछिल्लो एक दिनमा को’रोनभा’इरसबाट सङ्क्रमित भएर ३१८ जनाको मृ’त्यु भएको छ ।

तीमध्ये केरलामा मात्रै १२ हजार ६१६ जना स’ङ्क्रमित भएका छन् भने १३४ जनाको मृ’त्यु भएको छ ।

भारतमा अहिले पनि दुई लाख ४४ हजार १९८ जना स’ङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो एक दिनमा २४ हजार ६०२ जना को’रोनाभा’इरसबाट स’ङ्क्र’मणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म स’ङ्क्र’मणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड ३२ लाख २५८ पुगेको छ ।