आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

शुक्रबारको मौसम : यी स्थानहरुमा वर्षा


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार ०८:३६ मा प्रकाशित २४७ पाठक संख्या

काठमाडौ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली आंशिक बदली रहि प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ।