आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

आज पनि बढयो सुनको मुल्य


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार ११:२४ मा प्रकाशित १३३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । बिहिबार रु ९० हजार ४०० मा कारोवार भएको छापावाला सुन शुक्रबार रु २०० ले बढेर तोलामा रु ९० हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै शुक्रबार तेजाबी सुन तोलामा रु ९० हजार १५० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ७० मा कारोवार भएको महासंघले जनाएको छ ।