आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा को’रोनाभा’इरसबाट थप २१ हजार स’ङ्क्रमित


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार १४:४० मा प्रकाशित १३३ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट थप २१ हजारभन्दा बढी स’ङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना स’ङ्क्रमित भएका हुन ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ स’ङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले स’ङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

यो सङ्ख्या २०५ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयमा दैनिक स’ङ्क्र’मणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने स’ङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय स’ङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।