आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घा’इ’ते


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार १४:४७ मा प्रकाशित ७३ पाठक संख्या

एजेन्सी । पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घा’इ’ते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् । यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घा’इ’ते भएका जनाएका छन् ।

बिहीबार विहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र यसमा परी कम्ती २० जनाको मृ’त्यु भएको हिजो सरकारी अधिकारीहरुले जानकारी दिएका थिए । भूकम्पमा परेका मृ’त’कमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्

घा’इ’ते मध्ये केहीको अवस्था ग’म्भीर भएको हुनाले मृ’त’कको संख्या बढ्ने अनुमान गरिएको छ । घा’इ’ते भएकामध्ये कतिपयको अवस्था ग’म्भीर भएकोले अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्र’भावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाउनु भएको छ ।