आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

पानीमा डुबेर युवकको मृ’त्यु


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार १४:५९ मा प्रकाशित १०९ पाठक संख्या

तुलसीपुर । पानीमा डुबेर एक युवकको मृ’त्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृ’त्यु भएको हो ।

आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृ’ता’वस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पि’रोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।