आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा आज थप ७६४ स’ङ्क्रमित


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार १८:४४ मा प्रकाशित ८५ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा को’रोना भा’इरस स’ङ्क्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्र’मण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमित सङ्ख्या १५ हजार ६१४ रहेका छन् । पाँच सय बढी स’ङ्क्रमित भएका जिल्ला आठ र २०० बढी स’ङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी स’ङ्क्र’मण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् । स’ङ्क्र’मण दर १८.७ प्रतिशत छ । सो अवधिमा एक हजार ३३ जना स’ङ्क्र’मणमुक्त भएका छन् । हालसम्म सात लाख ७४ हजार १७३ जना स’ङ्क्र’मणमुक्त भइसकेका छन् । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

यस्तै स’ङ्क्र’मणबाट आज १० जनाको म’त्यु भएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार २१० जनाको मृ’त्यु भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् । आज ४३ हजार ९४१ जनाले को’रोना भा’इरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८० लाख ४१ हजार ५९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।