आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

धादिङकाे मलेखुमा २ सय लिटर घरेलु मदिरा नष्ट


नेपाल आवाज २२ आश्विन २०७८, शुक्रबार २१:५४ मा प्रकाशित ७८७ पाठक संख्या

धादिङको मलेखु बजार क्षेत्रलाई अपराध मुक्त क्षेत्र बनाउन प्रहरीले घरेलु मदिरा हटाउने अभियान सुरु गरेको छ ।

यसै क्रममा प्रहरी चौकी मलेखुले चाडवाडलाई मध्यनजर गर्दै बजार क्षेत्रका होटेल,विभिन्न भट्टी पसलहरुमा छापा मारेको छ।
प्रहरीले छापा मारेका स्थानबाट मदिरा बनाउनका लागी प्रयोग गरिने कच्चा पदार्थ,भाडाकुडा,प्लाष्टिक ड्रमहरु समेत बरामद गरेको छ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी टोलिले बरामद गरेको करिब २०० लिटर मदिरा आजै नष्ट गरेको छ ।

प्रहरी चौकी मलेखुका इन्चार्ज प्रहरी सहायक निरिक्षक (असै) शुबोध सापकोटाका अनुसार बेलुकी पख हुने झैझगडा अपराधिक घटना मदिरा सेवनको कारणबाट भएको पाईएका कारण यसलाई नियन्त्रण गर्न लागीपरेको बताए। स्थानीय वजार लगाएत यो अभियान गाउँगाउँ सम्म पुर्याउने उनको भनाइ छ।

अवैध मदिरा नष्ट गर्ने अभियानमा यतिवेला प्रहरी चौकी मलेखु अग्रसर देखिएको छ। राज्यको अनुमति बिना, राज्यको नीति र नियमहरु उपेक्षा गर्दै, आफुखुसी उत्पादन गर्ने र जथाभावी विक्री गर्ने कुनैपनि कुरा वैंध मानिदैन । यसरी जथाभावी उत्पादन र विक्री गरिने मदिराले जनस्वास्थ्यमा पार्ने असरको जिम्मेवारी कसैले नलिने भएकाले यो अवैंध उत्पादनमा पर्छ ।