आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा सक्रिय स’ङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम   


नेपाल आवाज २३ आश्विन २०७८, शनिबार १७:४९ मा प्रकाशित १२७ पाठक संख्या

भारतमा को’रोनाभा’इरसबाट दैनिक स’ङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ ।

अघिल्लो दिन २१ हजार नयाँ स’ङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ स’ङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ स’ङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले स’ङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि सात महिना पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३६ हजार ६४३ जना सक्रिय स’ङ्क्रमितहरु रहेका छन् । अघिल्लो दिन भने दुई लाख ४० हजार २२१ जना रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका थिए ।

भारतमा पछिल्लो समयमा दैनिक स’ङ्क्र’मणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने स’ङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय स’ङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।

पछिल्लो २४ घण्टामा स’ङ्क्र’मणमुक्त भएकाहरुको सङ्ख्या २३ हजार ७० रहेको छ । यो सङ्ख्या सोही अवधिमा नयाँ स’ङ्क्रमितहरुको भन्दा झण्डै चार हजार बढी हो ।

भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ४८ हजार २९१ जना को’रोनाभा’इरसबाट स’ङ्क्रमित भएर पनि अहिले स’ङ्क्र’मणमुक्त भइसकेका छन् ।

गत शुक्रबार १२ लाख ६९ हजार २९१ जनाको को’रोना परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ५८ करोड १३ लाख १२ हजार ४८१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।