आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

आइतबार प्रदेश १ का केहि स्थानमा हल्का वर्षा


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार ०९:४२ मा प्रकाशित २५९ पाठक संख्या

काठमाडौं। आज देशको केहि भुभागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिनसकेकाले पूर्वी नेपालमा भने त्यसको गतिविधि कायमै छ । राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ । जसकारण ती प्रदेशमा मनसुनी प्रभाव छैन । ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन् ।