आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

सानीभेरीमा जीप दु’र्घ’टनामा एक जनाको मृ’त्यु


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार ११:१४ मा प्रकाशित १०९ पाठक संख्या

जाजरकोट । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दु’र्घ’टना हुँदा एक जनाको घ’ट’नास्थलमा नै मृ’त्यु भएको छ । मृ’त्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।

यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल ख’सेर आज विहान दु’र्घ’टना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दु’र्घ’टनामा परी दुई जना घा’इ’ते भएका छन् । घा’इ’ते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घा’इ’तेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।