आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

प्रहरी हि’रासतमा युवाले आ’त्म’हत्या गरेपछि इनरुवा बजार बन्द


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार ११:५६ मा प्रकाशित १७५ पाठक संख्या

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको हि’रासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि प’क्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हि’रासतमा पासो लगाएर आ’त्म’हत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र प’क्राउ गरिएको थियो । प’क्राउ परेका हकिवले पासो लगाएर आ’त्म’हत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रहरीले ह’त्या गरेको आफन्तले आ’रोप लगाएका छन् । हि’रासतभित्र केही सामग्री छिर्न नदिने गरेकाले कसरी हकिवले हि’रासतभित्र पासो लगाएर आ’त्म’हत्या गरेको भन्दै आफन्तको आ’रोप छ ।

यसैबीच आ’क्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्र’दर्शन गरेका छन् । आ’क्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्र’दर्शन गरिरहेका छन् । स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तो’डफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भी’ड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।