आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

हात्तीको आ’क्र’मणबाट एकजनाको मृ’त्यु   


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार १५:०१ मा प्रकाशित ११५ पाठक संख्या

गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आ’क्र’मणबाट मृ’त्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आ’क्र’मण गरेको र उनको श’व आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिनुभयो ।