आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

प्र’तिबन्धित लागुऔषधसहित तीन युवक प’क्राउ


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार १६:०२ मा प्रकाशित १०३ पाठक संख्या

लहान । प्र’तिबन्धित लागुऔषधसहित तीन युवकलाई प्रहरीले प’क्राउ गरेको छ । प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई प’क्राउ गरेको हो ।

बिआर३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता (३०० ट्याबलेट) लागुऔषध ब’रामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।