आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

रुपन्देहीको मोतिपुरमा क’फ्र्यु


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार १८:१९ मा प्रकाशित ८५ पाठक संख्या

रुपन्देही । प्रहरी र सुकुम्बासीका नाममा जग्गा क’ब्जा गर्ने समूहबीचको झ’डपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले क’फ्र्यु आदेश जारी गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि क’फ्र्यु आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । प्र्रहरीले अस्थायीरूपमा बनाइएका टहरा भ’त्काउन खोज्दा झ’डप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै क’फ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा क’फ्र्यु आदेश जारी गरेको हो ।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा क’ब्जा गर्ने समूह र प्रहरीबीच झ’डपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति त’ना’वपूर्ण बनेको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अ’ति’क्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि राति टहरा भ’त्काइदिँदै आएको थियो तर त्यसरी पनि अ’ति’क्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।