आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.७ प्रतिशत


नेपाल आवाज २४ आश्विन २०७८, आईतवार १८:२६ मा प्रकाशित ९७ पाठक संख्या

काठमाडौँ । विगत २४ घण्टामा ५९६ जनामा को’रोना भा’इरसको स’ङक्र’मण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा को’रोना परीक्षण गर्दा उक्त सङ्ख्यामा स’ङ्क्र’मण देखिएको हो ।

आज थपिएका सँगै देशभर सक्रिय स’ङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना स’ङ्क्र’मणमुक्त भएका छन् । योसँगै अहिलेसम्म स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

यस्तै स’ङ्क्र’मणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्या’न गएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार २३१ जनाको नि’ध’न भइसकेको छ । हाल देशभर ३२२ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् । आज ७८ हजार ९२७ जनाले को’रोना भा’इरसविरुद्धको खोप लगाएका छन् ।