आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

ब्राजिलमा फेरि बढ्यो को’रोनाको स’ङ्क्र’मण, एकै दिन १८२ जनाको मृ’त्यु


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार १३:२२ मा प्रकाशित १२७ पाठक संख्या

एजेन्सी । ब्राजिलमा पछिल्ला समयमा को’भिड–१९ को सं’क्र’मण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्या’न गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्या’न गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ को’रोनाबाट मृ’त्यु हुनेको संख्या ६ लाख नाघेको छ । अधिकारीहरुका अनुसार यहाँ को’रोना भा’इरसबाट मृ’त्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ । यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्या’न गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । तर पछिल्लो वर्ष यहाँ को’रोना स’ङ्क्र’मणबाट मृ’त्यु हुनेको संख्या घटेको थियो । यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा को’रोना भा’इरसबाट १८२ जनाको ज्या’न गएको थियो ।

त्यसैगरी गएको २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा को’रोना भा’इरसको प्र’कोपबाट सं’क्रमित हुनेहरुको संख्या ८ हजार ६८७ जना रहेको थियो । यो सँगै यो भा’इरसबाट स’ङ्क्रमित हुनेहरु यहाँ २ करोड १५ लाख नाघेको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा स’ङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृ’त्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ ।

यहाँको साओ पाओलो शहर सुरुदेखि नै यो स’ङ्क्र’मणको केन्द्रविन्दुमा नै रही आएको छ । ब्राजिल को’रोना भा’इरस स’ङ्क्र’मणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्या’न जाने देशको रुपमा परेको छ ।