आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा एक दिनमा नयाँ स’ङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार १४:५१ मा प्रकाशित १०३ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट दैनिक स’ङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ स’ङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा को’रोनाभा’इरसका कारण १९३ जनाको मृ’त्यु भएको जनाएको छ । योसँगै भारतमा को’रोनाभा’इरसका कारण अहिलेसम्म मृ’त्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७८२ पुगेको छ । म’हा’मारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्र’भावित हुनेमा केरला प्रदेश नै रहेको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृ’त्यु भएको छ भने १० हजार ६९१ जना स’ङ्क्रमित भएका छन् ।

भारतमा अहिले पनि स’ङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३४७ पुगेको छ । यो सङ्ख्या २०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना स’ङ्क्र’मणमुक्त भएका छन् । योसँगै कुल स’ङ्क्र’मणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ ।