आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

यार्सा गुम्बासहित दुई जना प’क्राउ


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार १५:०६ मा प्रकाशित ९७ पाठक संख्या

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित प’क्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट तीन किलो यार्सागुम्बासहित प’क्राउ गरेको थियो । गोप्य सूचनाका अधारमा जिप्रकाबाट गएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो दिनुभयो ।