आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा स’ङ्क्र’मण दर पाँच प्रतिशतभन्दा कम


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार १५:२६ मा प्रकाशित ८५ पाठक संख्या

काठमाडौँ । नेपालमा को’रोना भा’इरसको स’ङ्क्र’मण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार को’भिड–१९ परीक्षण गर्दा स’ङ्क्र’मण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आइतबार १२ हजार ४०४ जनामा को’रोना भा’इरस परीक्षण गर्दा ५९६ जनामा स’ङ्क्र’मण देखिएको थियो ।

उहाँका अनुसार हिजोको स’ङ्क्र’मण दर को’रोना भा’इरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले स’ङ्क्र’मण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया स’ङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो ।

को’रोना भा’इरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र म’हा’मारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण स’ङ्क्र’मण घट्दै गएको देखिएको छ ।

उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय स’ङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्या १५ हजार ९४२ पुगेको छ । स’ङ्क्र’मणमा उल्लेख्य कमी देखिएका कारणमध्ये को’रोना भा’इरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ ।

यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई को’रोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ ।