आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

घान्द्रुक जाँदै गरेको जीप दु’र्घ’टना


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार १६:४० मा प्रकाशित ६७ पाठक संख्या

कास्की । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दु’र्घ’टना भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा स’डकबाट अन्दाजी ११० मिटर तल ख’सेको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था ग’म्भिर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र अधिकाँसको मृ’त्यु भएको छ । एक जनाको उद्धार जारी रहेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दु’र्घ’टनाको जानकारीपछि प्रहरी टोली घ’ट’नास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दु’र्घ’टनामा परेर केहीको मृ’त्यु भएको भन्ने जानकारी आएको छ, हामी घ’ट’नास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।” घ’ट’नाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय प्रहरी तथा स्थानीयवासीले घा’इतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दु’र्घ’टनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।