आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

नेपालमा आज थपिए ७८५ स’ङ्क्रमित


नेपाल आवाज २५ आश्विन २०७८, सोमबार १८:३१ मा प्रकाशित १६९ पाठक संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा को’रोना भा’इरसका ७८५ स’ङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनामा को’रोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।

थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमित १४ हजार ७८७ जना रहेका छन् । पाँच सयभन्दा बढी स’ङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी स’ङ्क्र’मण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । स’ङ्क्र’मण दर १८।७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना स’ङ्क्र’मणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९६।८ प्रतिशत रहेको छ । स’ङ्क्र’मणबाट पछिल्लो २४ घण्टामा १२ जनाको नि’ध’न भएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार २४३ जनाको नि’ध’न भइसकेको छ ।

आज एक लाख २७ हजार ५३२ जनाले को’रोना भा’इरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८३ लाख १७ हजार ९०२ पहिलो मात्रा र ६४ लाख ६२ हजार ७७६ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।