आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

डडेल्धुरामा बस दु’र्घ’टना, १६ जना घा’इते


नेपाल आवाज २६ आश्विन २०७८, मंगलवार १०:२८ मा प्रकाशित १५७ पाठक संख्या

डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दु’र्घ’टना हुँदा १६ जना घा’इते भएका छन् । घा’इते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

बस ब्रेक फेल भएर आज बिहान दु’र्घ’टना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । बसमा ५०र६० यात्रु रहेका र सामान्य घा’इतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।