आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

भारतमा सोमबार एघार लाखको को’रोना परिक्षण


नेपाल आवाज २६ आश्विन २०७८, मंगलवार १८:२० मा प्रकाशित ६१ पाठक संख्या

एजेन्सी । भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको को’रोना भा’इरसको परिक्षण भएको छ । हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा को’रोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ ।

सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई को’रोना स’ङ्क्र’मण भएको समाचारमा जनाइएको छ । यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ ।