आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

ट्र्याक्टर दु’र्घ’टनामा चालकको मृ’त्यु


नेपाल आवाज २७ आश्विन २०७८, बुधबार १७:०२ मा प्रकाशित ६१ पाठक संख्या

बैतडी । महाकाली राजमार्गमा ट्र्याक्टर दु’र्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ ।

जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दु’र्घ’टना हुँदा सो ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृ’त्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ । योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हा’मफा’लेर ज्या’न जोगाएका छन् । उनी सामान्य घा’इते छन् । दु’र्घ’टनाग्र’स्त ट्र्याक्टर सडकबाट ५० मिटर तल ख’सेको छ । घ’ट’नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।