आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

बैंकको रु २१ लाख ७० हजार लु’टमा सं’लग्न एक नेपालीसहित तीन प’क्राउ


नेपाल आवाज २७ आश्विन २०७८, बुधबार १९:४८ मा प्रकाशित ७३ पाठक संख्या

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३ः४५ बजे रु २१ लाख ७० हजार लु’टपाट घ’ट’नामा सं’लग्न भई प’क्राउ परेका तीन जनालाई आज यहाँ प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घ’ट’नाका मुख्य यो’जनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा–४ का ३० वर्षीय विजय सहनी (गो’ली लागी घा’इते)लाई सार्वजनिक गरिएको छ ।

लु’टपाटपछि घा’इते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान–२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा तिनीहरूलाई प’क्राउ गरेको हो ।

यादव भारत फरार भइसकेको अवस्थामा गो’ली लागी घा’इते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनः मोटरसाइकलमा जाने क्रममा प्रहरीले प’काउ गरेको हो । उक्त लु’टपाटमा नौ जना स’ङ्लग्न रहेकामा सात जना बैंकमा प्रवेश गरेका, एक जना बाहिर बसेको र अन्य एक जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

लु’टपाटमा सं’लग्न छ जना भारततर्फ फरार रहेको आ’श’ङ्का गरिएको र चाँडै प्र’काउ गरी सार्वजनिक गरिने उहाँले बताउनुभयो । निजहरुले विगत केही दिनदेखि बैंकको अ’नुगमन गर्नुका साथै भी’डभाड नभएको समय हेरी लु’टपाट गरेको प्रहरी नायब उपरीक्षक श्याम श्रेष्ठले बताउनुभयो ।

उक्त लु’टपाटको प्र’तिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड शीतल कुमाल गो’ली लागी घा’इते भएका र निजको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ । निजहरुको साथबाट कटुवा पेस्तोल एक थान (एक राउण्ड लोडेड गो’लीसहित), सानो मोबाइल एक थान, पेस्तोलको न’पड्किएको राउण्ड थान एक र खोका एक ब’रामद गरिएको छ । बैंकले प्रा’रम्भिकरूपमा रु २१ लाख ७० हजार लु’टपाट भएको जनाए पनि लिखितरूपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

होजियारी उद्योग सञ्चालन गरेका मुख्य योजनाकारका रूपमा रहेका मुखियाले चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अ’प’राधी हुन् । निजहरु उपर हा’त’हतियार खरखजना, ड’कैती, सङ्गठित अ’पराध तथा ज्या’न मा’र्ने उ’द्योग गरी चारवटा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।