आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

गुल्मीमा जिप दु’र्घ’टनामा तीनको मृ’त्यु


नेपाल आवाज २९ आश्विन २०७८, शुक्रबार ०९:३१ मा प्रकाशित २५९ पाठक संख्या

गुल्मी । गए राति जिप दु’र्घ’टना हुँदा यहाँ तीनजनाको मृ’त्यु र अन्य छजना घा’इते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दु’र्घ’टना भएको हो ।

दु’र्घ’टनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृ’त्यु भएको थियो ।

दु’र्घ’टनामा परी घा’इते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ । सदरमुकाम तम्घास नजिकै दु’र्घ’टना भएका कारण तत्कालैै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अ’नियन्त्रित भई स’डकबाट ५०० मिटर लत ख’सेको थियो ।