आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

को’रोना प्र’भावितलाई उद्यमी बनाउन रु ५० हजारका दरले अनुदान


नेपाल आवाज २९ आश्विन २०७८, शुक्रबार ०९:४६ मा प्रकाशित ३०७ पाठक संख्या

वालिङ । को’रोनाको स’ङ्क्र’मणका कारण रोजगारी गु’माएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गु’माएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । यसअघि पनि गतवर्ष २० जनालाई रु ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । को’रोना स’ङ्क्र’मणका कारण प्र’भावित भई स्वदेश वा विदेशमा रोजगारी गु’माएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत सहयोग गर्दै जाने प्रमुख खाँणले बताउनुभयो ।

नगरपालिकाले व्यवसाय वा उद्यम गर्न चाहने नागरिकले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाई कार्यान्वयनमा ल्याएको छ । विशेष गरी उत्पादन तथा नवप्रवर्तनको सोच राखेका युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने भएको हो । विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने प्रमुख खाँणको भनाइ थियो ।
को’रोनाभा’इरस प्र’भावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवालाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा गतवर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो ।

व्यवसाय तथा उद्यम सञ्चालनका लागि युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रो’त्साहित गर्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सञ्चालन गरिएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराइ युवालाई उद्यमी बनाइने भएको हो । को’रोना स’ङ्क्र’मणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याइ उनीहरुलाई उद्यमी बनाइ आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकोले कोषमार्फत सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो ।